back

क्यानडामा आयोजना हुने बहुसांस्कृतिक कार्यक्रममा नेपालको पनि सहभागीता रहने

वि.सं.२०७४ फागुन २० आइतवार

255 

shares
RBB AD
NTC AD

क्यानडामा आयोजना हुन लागेको बहुसास्कृतिक कार्यक्रममा नेपालको पनि सहभागीता हुने जनाइएको छ ।
विगत २ बर्ष देखी क्यानडाको ओन्टारियो सहरमा बहुसांस्कृतिक तथा व्यापरिक मेलामा सहभागिता हुदै आईरहेको नेपाल पर्यटन बोर्ड क्यानडाले यस बर्ष पनि सहभागिता जनाउने बताईएको छ ।

सो मोहत्सवमा नेपालको पर्यटकीय क्षेत्र, बिभिन्न जातजातिका कला–संस्कृति र नेपाली परिकारको पनि प्रर्दशन गरिने क्यानडाका लागि पर्यटनदूत नरबहादुर टन्डनले जानकारी दिएका छन् ।
गत बर्ष पनि आयोजना गरिएको मेलामा नेपालको कला संस्कृतिलाई मन पराएर ब्राम्टन नगरपालिकाले नेपालको संस्कृतिलाई उत्तम मान्दै पहिलो प्राथमिकता दिएको थियो ।


स्मरण रहोस यस कार्यलाई उच्च स्थानमा पुर्याउन, उत्तर अमेरिकाका सांस्कृतिक दुत पुर्ण नेपाली लगायतकाले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।
सो मेलामा विश्वबाट करिब ७५ देशको सहभागिता रहेको सो कार्यक्रममा ४ लाख बढी दर्शकहरुको सहभागिता रहेको थियो भने करिब १६ हजार भन्दा बढी दर्शकहरुले नेपाली स्टलको अवलोकन गरेका थिए । अवलोकनकर्ताहरुले नेपाल र नेपालीको कला संस्कृतिलाई मन पराउनुका साथै प्रसंसा समेत गरेका थिए ।
ईच्छुक नेपाल घुम्न जान चाहने व्यक्तिहरुलाई १५ प्रतिशत छुटको ब्यवस्थासम्म गरिएको थियो र सो कार्यलाई निरन्तरता दिईने छ । आगामी दिनमा क्यानडाको बिभिन्न सहरहरुमा हुने यस्ता कार्यक्रमले नेपालको पर्यटन बिकासमा उल्लेखनिय टेवा पुग्ने ठहर गरिएको छ ।
साथै विगत ५ वर्ष देखी पर्यटनदूत टन्डनले ब्यक्तिगत लागतमा नेपालको पर्यटन विकासका लागी निरन्तर रुपमा निस्वार्थ भावले आफ्नो तर्फबाट शसक्त भुमिका निभाउदै आएका छन् । टन्डनले जस्तै अरु व्यक्तिहरुले पनि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने हो भने नेपालको पर्यटन क्षेत्रको तिब्र बिकास हुने कुरामा दुईमत छैन् ।

वि.सं.२०७४ फागुन २० आइतवार ११:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...