आईसिसी विश्वकप छनोट अन्तगर्त जिम्बाबेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको जिम्बाबेले निर्धारित ५० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ३८० रन बनाएको हो ।
जिम्बाबेका लागि सिकन्दर राजा र ब्रेन्डन टेलरले शतक हानेका थिए । ६६ बल सामना गरेका सिकन्दरले विस्फोटक ब्याटिङ गर्दै १२३ रन बनाए भने ९१ बल सामना गरेका टेलरले १०० रन बनाए । यस्तै सोलोमन मेरेले ५२, झुआवोले ४१, एभाईनले ३४तथा मस्कद्जाले १७ रन बनाए ।
नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २ २ तथाम ललित राजवंशीले १ विकेट लिए । नेपालले केहि बेरमै जवाफी ब्याटिङ गर्ने छ ।
वि.सं.२०७४ फागुन २० आइतवार ११:२० मा प्रकाशित
























