back
CTIZAN AD

रेशमलाललाई स्थानान्तरण गर्न सकिनेः मन्त्री शाह

वि.सं.२०७४ फागुन २१ सोमवार

792 

shares

 

२१ फागुन, धनगढी । प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताएका छन् ।

आज मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने स्पष्ट पारेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकोतर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिनअघि मात्र अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जनाले कारागारमा आइतबारदेखि अनशनमा बसेका छन् ।

मन्त्री शाहले कार्यक्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा मन्त्रालयको भौतिक व्यवस्थापनको सुदृढीकरणका साथै मन्त्रालयमा आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्यप्रणाली लागू गर्ने कामलाई पहिलो प्राथमिकता दिएका छन् ।

यसैगरी, उनले वेवसाइटको व्यवस्था गरी सूचना प्रवाह गर्ने, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गर्ने, गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरी ‘जनमत शान्ति अभियान’ थालनी गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको कानून निर्माणका लागि कानून तर्जुमा समिति गठन गर्ने, प्रदेशको आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गर्ने, सुरक्षाको सन्दर्भमा पाश्र्वचित्र तयार गर्ने, ‘सुदृढ शान्ति सुरक्षाः प्रदेश समृद्धिको आधार’ भन्ने अभियानसहित सुरक्षाको व्यवस्था गर्ने, विपद् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, जनउत्तरदायी प्रशासन सञ्चालन गर्नेलगायतका १८ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस)

वि.सं.२०७४ फागुन २१ सोमवार १५:३१ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...