back
CTIZAN AD

विश्व कीर्तिमानी कराते खेलाडी ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त

वि.सं.२०७४ फागुन २२ मंगलवार

807 

shares

अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको किर्तिमानलाई आफैले तोड्दै छोटो समय भित्र पुन दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

गतबर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ९ ६३.९७ केजी ० मा बिश्व किर्तिमान गरेका उनले अर्को किर्तिमान अमेरिकाको ओहायो को टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड (६४.६३ केजी)को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर बिश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिख मा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको हो। यो विधा आजसम्म कसैले बिश्व मै गर्न सकेका छैनन् । सानो गल्ति भयो भने घाती र ढाड अनि कम्मर पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । ठकुरीले यस विधाको आफैले निर्माण गरेर नेपाल र अमेरिका दुबैको नाम उज्ज्वल ठकुरीले बिश्वमा कोरिदिएका छन् ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथ साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् । (फांग काता) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग (किर्तिमान) जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसैगरि फ़ाङ्ग हेवी वेट (गर्हौ वजन) उचालेर (गोडा फाडेर अधिक भार बोकेर) यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नया किर्तिमान पनि गरेका छन् ।

अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ फागुन २२ मंगलवार ०३:०५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...