back
CTIZAN AD

श्रीमतीको हत्या गरेर आलुबारीमा गाडेको खुलासा

वि.सं.२०७४ फागुन २२ मंगलवार

666 

shares

२२ फागुन, पाँचथर । अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ ।

बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको सोमबार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान् डिकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उक्त रहस्य खुलेको हो ।

उनले प्रहरीसमक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन ५ गते राति १० बजेतिर सामान्य घरायसी विवादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।

डिकबहादुरले शव गाडेको ठाउँमा उत्खनन गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

टेकबहादुरलाई अहिले प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

गंगामाया र टेकबहादुरबीच सामान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

वि.सं.२०७४ फागुन २२ मंगलवार ०३:१९ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...