back
CTIZAN AD

च्याम्पियन्स लिगः मार्च ६ रियलका लागि हेप्पी ११६ औ जन्म दिन होला त ?

वि.सं.२०७४ फागुन २२ मंगलवार

567 

shares

२० फागुन, काठमाडौँ  ।   आज राति स्पेनिश च्याम्पियन्स रियल म्याड्रिडले चयाम्पियन्स लिगको दोस्रो लेग अन्तर्गत फ्रेन्च जायन्ट पिएसजीको सामना गर्दै छ ।
पिएसजीको घरेलु मैदान पेरिसको पार्क मि प्रिन्सेसमा हुने खेल अत्यन्तै महत्वपुर्णका साथ हेरिएको छ । आज भन्दा ११६ वर्ष पहिला आजको दिन अर्थात मार्च ६ का दिनमा रियल म्याड्रिडको जन्म भएको थियो । तसर्थ आज राति रियलले चयाम्पियन्स लिगको क्वार्टरफाईनल प्रवेश गर्दै खुसीको केक काट्ला वा पिएसजीले पहिलो लेगका हारलाई उल्ट्याउदै अगाडी बढ्ला भन्ने विषय निकै उत्साहका साथ हेरिएको छ ।
मार्च ६ को दिनमा खेलेका रियलका कतिपय खेलको ईतिहास पल्ट्याउदा रियलको जन्मदिन त्यत्ति सुखद भने छैन । आज भन्दा २ वर्ष पहिलाको च्याम्पियनस लिगमा रियलले आजको दिनमा युभेन्टसलाई १ ० ले हराएको थियो तर दोस्रो लेगमा युभेन्टसले समग्रम २ १ को जित निकाल्दै रियल प्रतियोगिताबाट बाहिरिएको थियो सोही वर्ष प्रशिक्षक कार्लो एन्सेलोट्टी बर्खास्तमा परेका थिए । यसै गरि सन् २००९ मा सेही दिनमा एएस रोमासँग भएको च्याम्पियन्स लिगमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
यस्तै सन् २००२ मा आजकै दिन भएको कोपा डेल रेको फाईनल समेत रियलले गुमाएको थियो तर आजको दिन के गर्ला त ? त्यो त हेर्नै बाकीँ छ ।

वि.सं.२०७४ फागुन २२ मंगलवार ११:५८ मा प्रकाशित