
२३ फागुन, काठमाडौँ । स्पेनश चयाम्पियन्स रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
रियलले फ्रेन्च क्लब पिएसजीलाई समग्रमा ५ -२ गोल अन्तरले हराउदै रियल चयाम्पयन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा ३- १ गोल अन्तरले अग्रता लिएको रियलले हिजो राति सम्पन्न खेलमा थप २ गोल गर्न सफल रह्यो । हिजो राति भएको खेलमा रोनाल्डो र क्यासिमेरोले १/ १ गोल गरे । हिजो नै ११६ औ जन्म दिन मनाईरहेको रियल म्याड्रिडलाई रोनाल्डो र क्यासिमेरोको गोल उपहार सावित भयो । पिएसजकिा लागि एडिन्सन काभानीले सान्त्वना गोल फर्काए । दोस्रो हाफमा पिएसजीका मार्को भेराट्टीले दोहोरो पहेलो कार्ड खादैँ बाहिरिएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।
घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडको च्याम्पियनस लिगमा हासिल गरेको जितसँगै प्रशिक्षक जिदानलाई दबाब अलिक कम भएको छ ।
वि.सं.२०७४ फागुन २३ बुधवार ०१:३३ मा प्रकाशित
























