back
CTIZAN AD

पुरुषलाई पच्चीस प्रतिशत आरक्षण दिएर महिला दिवस

वि.सं.२०७४ फागुन २५ शुक्रवार

819 

shares

२५ फागुन, काठमाडौँ । एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विहिबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा २५ प्रतिशत पुरुष आरक्षण दिएर कार्यक्रम गर्दै आएको छ । आजको महिला सम्मेलनमा २४८ मध्ये एक तिहाइ पुरुष सहभागी थिए ।

“अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभूत गराउन जिफन्टले आयोजना गर्ने महिलासम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्बन गरेका हौँ”, जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।”

जिफन्टका महासचिव विष्णु लम्सालले नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा वृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा व्यक्त गरे ।

एमालेका सांसद बिन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलब्धि हासिल भएको भन्दै अझै पनि केही विषयमा अभियान चलाउनुपर्ने बताए ।

वि.सं.२०७४ फागुन २५ शुक्रवार ०४:०० मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...