back
CTIZAN AD

२० भन्दा बढी देशका केमिकल वैज्ञानिकको नेपालमा सम्मेलन शुरु

वि.सं.२०७४ फागुन २५ शुक्रवार

735 

shares

२५ फागुन, चितवन र अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ ।

सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गरेका हुन् । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिए ।

सम्मेलन उद्घाटनका अवसरमा चितवनमा राजनीतिज्ञ, शिक्षण पेशा, समाजसेवा एवं पर्यटन क्षेत्रमा योगदान दिएका पाँचजना व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा खम्बसिंह कुंँवर, महेश्वरलाल श्रेष्ठ, आनन्द दराई, प्रा डा गणेशप्रसाद खरेल र मरणोपरान्त स्व मल्लु चौधरी रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज, अनुसन्धान एवं उपलब्धि र ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रा डा अमरप्रसाद यादवले जानकारी दिए ।

नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु भएको हो । सम्मेलनमा २० देशका १०० जना र स्वदेशका १०० वैज्ञानिकको सहभागिता रहेको छ । उनीहरुले १७० वटा कार्यपत्र एवं पोष्टर प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विशिष्ट अतिथि प्रदेशमन्त्री दावा दोर्जे लामा, फेडेरसन अफ एशियन सोसाइटीका अध्यक्ष डेविड इन्कलरलगायत रहेका छन् । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष अमर यादवले गरेका थिए ।

सम्मेलनको दोस्रो दिन आज बिहानदेखि नै कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएका छन् । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन शनिबारसम्म चल्नेछ ।

वि.सं.२०७४ फागुन २५ शुक्रवार ०६:५६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...