back
CTIZAN AD

प्राविधिक त्रुटीका कारण आर्थिक विधेयक दर्ता हुन सकेन

वि.सं.२०७४ फागुन २६ शनिवार

864 

shares

२६ फागुन, जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभामा प्राविधिक त्रुटिका कारण शुक्रबार आर्थिक विधेयक दर्ता हुन सकेन ।

मुख्यमन्त्री लालबाबु राउतले विधेयक दर्ता प्रक्रियामा भएको त्रुटि सुधार गरी विधेयक दर्ता गराइने जानकारी दिए । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत शुक्रबार बसेको सातौंँ बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र सुनाएपछि बैठक स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न १ बजे बस्नेछ ।

जग्गा अधिग्रहण विवाद

छ लेन सडक निर्माणअन्तर्गत जनकपुर विमानस्थलको वरिपरिका जग्गा मुआब्जा विवादले निर्माण रोकिएको छ । जटहीदेखि जनकपुरसम्मको निर्माणाधीन १५ किमी सडकको प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारले स्थलगत निरीक्षण गर्दै जग्गा अधिग्रहणको विवाद यथाशीघ्र समाधान गर्न आग्रह गर्दै विकासमा अवरोधले जनकपुरधामको समृद्धि अभियानमा प्रतिकूलता आउन सक्ने बताए ।

आयोजना प्रमुख दीपेन्द्र पाण्डेले १५ किमीमध्ये एक किमीमा जग्गा अधिग्रहणको विवाद अधिक रहेकाले हालसम्म २० प्रतिशत काम हुन सकेको जानकारी दिँदै विमानस्थल वरिपरिका बासिन्दाले सो क्षेत्रमा छ लेन सडकको आवश्यकता छैन भन्दै सडकको मापदण्ड घटाउन दवाव दिइरहेको बताए । रासस

वि.सं.२०७४ फागुन २६ शनिवार ०४:१३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...