डिल्ली राम अम्माई, बेल्जियम
गैह्र आवासीय नेपाली संघ बेल्जियमको महिला फोरमद्वारा आयोजित १०८ औं अन्तररास्ट्रिय नारि दिवस यहि मार्च ८ को दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा एक अन्तरक्रियात्मक सभा गरि सम्पन्न भएको छ । “लैंगिक समानता र प्रगतिका लागि दवाब” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको संचालन गैह्रआवासीय नेपाली संघ महिला फोरम बेल्जियमकी सचिब मुना ताम्राकारले गरेकी थिइन् ।
कार्यक्रमको सभापतित्व संघ कि महिला फोरम अध्यक्ष हरि भट्टराईले गरेकी थिइन् भने कार्यक्रममा नेपाली दुताबास बेल्जियमकी नानु अधिकारि थापा प्रमुख आतिथि रहेकी थिइन्। त्यस्तै गरि बिशेष अतिथि एनआरएनएकी केन्द्रिय सचिब जानकी गुरुङ र अतिथिहरुमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल ,आइसीसी सदस्य सरु चापागाईं, लिला शर्मा मानन्धर, पदम गुरुङ, जन सम्पर्क समितिका अध्यक्ष सिता सापकोटा ,प्रवासी महिला मंचबाट झुना निरौला, मुना राइ, इशा गुरुङ लगायत थुप्रै महिला नेतृहरुले कार्यक्रममा आफ्ना बिचार सहितका राय दिएका थिए। बिशेस धन्यबाद सहित कार्यक्रममा सहयोगीहरुको नाम समेत पढेर सुनाइएको थियो।
रास्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि र बिशेष अतिथि तथा सभापतिद्वारा संयुक्तरुपमा पानसमा बत्ति बालेर गरिएको थियो । एक मिनेट महिला शहिदहरुको सम्झनामा मौन धारण गरि शुरु भएको कार्यक्रममा सदस्य सचिबले सबै जनसमुहलाइ स्वागत गरेकी थिइन भने एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा बाम महिला नेत्रीहरु कल्पना मगर, शुस्मा भुसाल, निर्मला बजगाईं लगायतले महिला स्वतन्त्रता संग्राम र त्यसको गौरबपूर्ण इतिहाँसबारे आफ्नो धारणा राखे भने कार्यक्रमकी सभापति हरी भट्टराईले अन्तरक्रियाको निचोड स्वरुप चार बुंदे बेल्जियम घोषणा जारि गर्दै कार्यक्रमको समापन गरिन।
घोषणाको सार यस्तो छ :
यस गरिमामय सभामा हामीले गर्न अत्यान्त जरुरि, अति आवस्यक र हामीले नै पहल गर्नु पर्ने केहि भाबि कार्य योजना अझ भनौ हामीले भाबि कार्यको लागि घोषणाको मुलभुत सार खिचेका छौँ । यदि यी काम हामि महिलाले मात्र गर्नु पर्ने कार्य हुन्, यी काम महिलाको सर्वथा हितमा छन्, आज उपयुक्त समय पनि हो, यी काम हाम्रो गरिमा र हाम्रो आत्मा स्वाभिमानसंग जोडिएको तपाइहरुले पाउनुहुञ्छ भने कृपया यसमा तपाइको सहमति स्वरुप हस्ताक्षर गरिदिनु होला। आँफु आबद्ध संगठन वा संस्था वा फोरमको नाम सहित आफ्नो बतन, पदिय उपस्थिति खुल्ने गरेर इमेल सहित राखिदिनुहोला। यी बुदाहरु पढ्नुस, मनन गर्नुस र समग्र महिलाको हितमा छन् भने सहमति दिनुस प्रिय साथीहरु,
यो प्रतिबद्धता पत्रको नाम “८ मार्चको अवसरमा बेल्जियमका महिलाहरुद्वारा जारि ४ बुँदे संयुक्त घोषणापत्र २०१८ ” रहने छ।
१) सम्पुर्ण बैचारिक,जातिय र क्षेत्रीय भावनालाई समेट्ने गरि अन्तरास्ट्रिय नारि दिवस मनाउनको लागि आगामी प्रत्येक वर्षहरुमा जनवरी भित्रै तयारि समिति वा त्यस्तै संयन्त्र बनाएर वक्तित्वकला, निबन्ध , कबिता वा त्यस्तै प्रतियोगिता गर्दै नारि दिवसलाई महोत्सब कै रुपमा मनाउने ।
२) बेल्जियममा रहेका सम्पूर्ण संघ संस्थाहरु चाहे ति बैचारिक हुन् वा सामाजिक अथवा जातिय ५० प्रतिशत महिला सहभागिता र प्रतिनिधित्वकोलागि आ(आफ्नो ठाउबाट ससक्त आवाज उठाउने र सो अनुसारको तयारिमा महिला नेत्रीहरुले पहलकदमी आफ्नो हातमा लिने ।
३) बेल्जियम भित्र विभिन्न किसिमले उत्पिडनमा परेका महिलाहरुलाई सहयोग गर्न तुरुन्त संयुक्त एक्सन कमिटि बनाउने र समस्याको पहिचान र निराकरणको लागि आफैले नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
४) नेपालमा उत्पिडनमा परेका वा यौनजन्य हिँसामा परेका वा स्वास्थ्य समस्यामा परेका सिमान्तकृत महिला तथा बालबालिकाको लागि उठाउदै आएको प्रति महिला प्रति महिना १ युरो अभियानलाई निरन्तरता दिने ।
वि.सं.२०७४ फागुन २६ शनिवार ०४:१८ मा प्रकाशित






























