back
CTIZAN AD

प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग

वि.सं.२०७४ फागुन २७ आइतवार

810 

shares

 

२७ फागुन, काठमाडौँ । नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ ।

समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो ।

समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी बनाउनका लागि जल, जमिन, वातावरण र भवन पर्याप्त मात्रा भएको र नुवाकोट छहरे–टोखा सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययन भएको अवस्थामा राजधानी बनाउन उपयुक्त हुने बताए ।

नुवाकोटबाट निर्वाचत प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीले यसबारेमा पार्टीभित्र बहस भइरहेको र विकल्पका रुपमा काभ्रे वा नुवाकोट राजधानी बनाउनुपर्ने विचार राख्दै तीव्ररुपमा आर्थिक विकास भएको काभ्रेलाई भन्दा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त हुने सुझाव राखे ।

काठमाडौँबाट नुवाकोट जोड्ने तीन मार्ग बालाजु–ककनी हुँदै त्रिशूली, छहरे टोखा हुँदै त्रिशूली, कलंकी गल्छी हुँदै त्रिशूली मार्गको विस्तार भइरहेको र केरुङ र भारतको सीमा ठोरी नाका नुवाकोटबाटै जोडिने हुनाले राजधानी उपयुक्त हुने धारणा राखे ।

सो अवसरमा नुवाकोटको भौगोलिक, ऐतिहासिक चीजलाई समेटेर बनाइएको वृत्तचित्रसमेत प्रदर्शनी गरिएको थियो ।

वि.सं.२०७४ फागुन २७ आइतवार १५:२७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...