back
CTIZAN AD

सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ काठमाडौँमा हुँदै

वि.सं.२०७४ फागुन २७ आइतवार

750 

shares

२७ फागुन, काठमाडौँ  । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका उद्योगी व्यवसायीको छैटौँ व्यापार नेतृत्व सम्मेलन (विजनेश लिडर्स कनक्लेभ) काठमाडौँ हुने भएको छ ।

सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते उक्त सम्मेलन हुन लागेको हो । यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायीले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरे तापनि राजनीतिक किचलोका कारण अपेक्षीकृत लाभ लिन नसकिएको बताए ।

सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायत विषयमा छलफल गरिनेछ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ ।

त्यस्तै सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चार माध्यम गरी करिब २०० जनाको सहभागिता रहने बताइएको छ ।

यसअघि सन् २०११ मा पनि यस किसिमको सम्मेलन नेपालमा गरिएको थियो ।

वि.सं.२०७४ फागुन २७ आइतवार १५:३९ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...