back
CTIZAN AD

भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य

वि.सं.२०७४ चैत ८ बिहीवार

753 

shares

८ चैत फलेवास, पर्वत । विनाशकारी भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहँुदा यहाँको एक विकट गाउँको विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् ।

विसं २०७२ को भूकम्पले भत्काएको पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा सञ्चालित आम्बरी माविको सातकोठे भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका हुन् ।

“भूकम्पले भवन भत्कायो, अहिलेसम्म पुनःनिर्माण भएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, “विद्यार्थी खुल्ला चौरमा पढाउन बाध्य छौँ । हिउँदको समयमा खुल्ला आकाशमा पढाउँदा वर्षात् शुरु हुने भएकाले पढाइमा समस्या पर्दै आएको छ । ”

विद्यालय पुनःनिर्माणका लागि स्रोत केन्द्र हुँदै जिल्ला शिक्षा कार्यालयसम्म प्रस्ताव पु¥याउँदा निर्णय भने अन्यत्रै स्कूलका लागि गरिदिएको उहाँले गुनासो गरे । विद्यालयमा अहिले ३४० विद्यार्थी अध्ययनरत छन् । हावाहुरीका कारण कतिबेला भवन पल्टन्छ कुनै भर नभएको र खुल्ला चौरमा अध्यापन गराउन पनि समस्या परेको विद्यालयका प्रद्यानाध्यापक गणेश शर्मा पौडेलले बताए ।

भूकम्पले छियाछिया परेको भवनमा दुई वर्षदेखि अध्यापन गराउँदै आएका थियाँै हावाहुरीले थप क्षति बनाउँदा यो वर्षदेखि खुल्ला आकाशबाहेकको विकल्प छैन”, वर्षायाम शुरु भएकाले भवन जुनसुकै बेला पनि भत्कन सक्ने उनको भनाई थियो ।

गाउँपालिकाका अध्यक्ष कमल भुसालले विद्यालयको अवस्था दयनीय भएकाले विद्यार्थीसमेत आन्दोलनमा उत्रेकाले पढ्न पाउनु विद्यार्थीको अधिकार उपयोग गराउन आफू संवेदनशील रहेको बताए ।

पहिला गाउँ सभामा भवन निर्माणमा सम्बोधन नगरेको गाउँपालिकाले आगामी गाउँ सभामा भवन निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यता जिल्ला शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा उक्त विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गर्न नसकिएको जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले आगामी आवमा माथिबाट पनि बजेट माग गर्ने र स्थानीय तहबाट समेत बजेट विनियोजन गर्न पहल गरेर भवन निर्माण गरिने जानकारी दिए । रासस

वि.सं.२०७४ चैत ८ बिहीवार ०९:१९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...