back
CTIZAN AD

जिप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

वि.सं.२०७४ चैत ८ बिहीवार

1K 

shares

accident

८ चैत, रुकुम । रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् ।

वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री गम्भीर घाइत भएका छन् भने सोही गाउँपालिका वडा नं ७ का ३५ वर्षीया प्रकाश नेपाली, २० वर्षीया निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठबीसकोट नगरपालिका वडा नं ९ का २५ वर्षीय रमेश खत्री र वडा नं १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन् ।

घाइतेको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने आमाछोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

वि.सं.२०७४ चैत ८ बिहीवार ०९:२३ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...