back
CTIZAN AD

मोटोपनाको समस्या धुम्रपानभन्दा बढी खतरनाक

वि.सं.२०७४ चैत १० शनिवार

801 

shares

man-breast-cancer

लण्डन, बेलायत । अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले जनाएको छ ।

बेलायती अर्बुद रोग अनुसन्धान संस्थाका कार्यकारी प्रमुख हरपल कुमारले पछिल्लो समय धुम्रपानकर्ताहरूको दरमा कमी देखिन थालेको र मानिसमा मोटोपनाको समस्या बढ्दो देखिएपछि आएको अध्ययनले संसारको सवैभन्दा बढी मृत्युको कारक धुम्रपान मानिदै आएपनि मोटोपना क्यान्सरको प्रमुख कारक हुने बताए ।

हामी सचेत बनेनौ भने मोटोपनाको समस्या धुम्रपानभन्दा बढी खतरनाक बन्नेछ, कुमारले भने ।

“मलाई के लाग्छ भने क्यान्सर रोगका यी दुई कारकमध्ये मोटोपनाको कारण आउने समस्या आगामी एक दुई दशकमा उल्टिनेछ ।”

सन् २०१५ मा क्यान्सर रोगका कारकको अध्ययनका लागि लिइएको तथ्याङ्कको विश्लेषणपछि संस्थाले भनेको छ, “बेलायतमा अर्बुद रोगबारे गरिएको अनुसन्धानबाट कुनैपनि व्यक्तिको जीवनशैलीमा ल्याउन सकिने परिवर्तनले ३७।७ प्रतिशत क्यानसरजन्य रोगलाई रोकथाम गर्न सकिन्छ ।”

धुम्रपान नगर्नु क्यानसरसम्बन्धि समस्याबाट बच्नका लागि अपनाउन सकिने एउटा प्रमुख उपाय हो । धुम्रपान गर्ने बानी हटाउँदा १५.१ प्रतिशत समस्याको रोकथाम गर्न सकिने संस्थाले बताएको छ । यो संस्थाको यस अघि सन् २०११ को अध्ययनले १९.४ प्रतिशत समस्याको रोकथाम गर्न सकिने पाइएको बताएपनि समय र मानिसको आनीबानीमा आएको परिवर्तनसँगै अर्बुद रोगको कारक तत्वको भूमिकामा पनि परिवर्तन देखिएको हो । सन् २०११ मा मोटोपना नियन्त्रणका कारण यो रोगको समस्या टाढा गर्न सकिने सम्भावना ५.५ प्रतिशत देखाइएको थियो । तर समयसँगै मार्च २३ मा सार्वजनिक तथ्याङ्कले मोटोपनाको कारण ६।६ प्रतिशत रोगीमा क्यान्सर समस्या देखिएको निष्कर्ष निकालिएको छ ।

यसपछिका कारक तत्वमा सूर्यको किरणमा आएका परावैजनी किरणबाट ३.८ प्रतिशत, सनवाथ र व्यवसाय गर्दा पर्ने सूर्यको प्रकाशको प्रभावबाट हुने समस्या ३.८ प्रतिशत, सङ्क्रमणबाट ३.६ प्रतिशत, रक्सी र रक्सीजन्य पदार्थको सेवनका कारण ३.३ प्रतिशत तथा फाइभरजन्य पदार्थको कमीका कारण हुने समस्या रहेको अध्ययनले देखाएको छ ।

बेलायती अनुसन्धानमुलक पत्रिकामा जनाइए अनुसार माटोपनाका कारण आन्द्रा, स्तन, गर्भासय तथा मृगौलालगायतका स्थानमा हुने विभिन्न १३ थरि क्यान्सर रोगको समस्या आउने पाइएको छ ।

कुमारले भने “असल जीवनशैलीले क्यान्सरबाट मुक्त हुने प्रत्याभूत त हुँदैन तर यसले कुनैपनि व्यक्तिलाई यस रोगबाट बच्नमा मद्दत गर्ने सम्भावना भने हुन्छ नै । अर्थात् जीवनयापन राम्रो भएका व्यक्तिलाई पनि क्यान्सर लाग्ने सम्भावना भने रहन्छ ।”

वि.सं.२०७४ चैत १० शनिवार २०:११ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...