back
CTIZAN AD

नेपालीको लगानीमा दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस सञ्चालन

वि.सं.२०७४ चैत १० शनिवार

972 

shares

Lumbini-restaurant-in-dubai-3
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । २३ मार्च शुक्रबारका दिन युएईको मुटु मानिने दुबई सहरमा नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईस्थित नेपालीको प्रत्यक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको छ । उक्त गेष्ट हाउस नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव कृष्ण अर्याल, डा. दिनेश आचार्य, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र सोही गेष्ट हाउसका स्पोन्सर अहमद अब्डुल्ला अहमद अल्मुल्लाले रिवन काटेर गरेको हो ।
Lumbini-restaurant-in-dubai-2पछिल्लो समयमा नेपाली व्यवसायहरु मौलाउंदै गएता पनि नेपाली गेष्ट हाउस भने पहिलो नै पर्न गएको छ । नेपाली लगानीकर्ताहरु अन्य व्यवसायमा भन्दा रेष्टुरेण्ट व्यवसाय क्षेत्रमा निकै हानिएको देखिन्छ । बर दुबईमा मात्र हाल ११ वटा अन्य नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेको छ भने यस गेष्ट हाउसको संचालनले अझै नयां आयाम थपिने आशा गरिएको छ । त्यसैगरी रेष्टुरेण्टपछि ट्राभल्स व्यवसायले पनि बजार लिएको पाईन्छ । समग्रमा हेर्ने हो भने रेष्टुरेण्ट व्यवसायको भविश्य फराकिलो देखिन्छ ।
Lumbini-restaurant-in-dubai-1नेपाली, इण्डियन, चाईनिज र कोन्टिनेन्टल विभिन्न परिकारका स्वादसंगै हुक्का (शिशा) का साथ अति नै सुविधा र आरामदायी बसोबासका लागि ११ वटा रुमको बिशेष व्यबस्था भएकाले नेपाली ग्राहक मात्र नभएर अन्य बिदेशी पाहुनाहरुको आगमन रहने जानकारीमा आएको छ । प्रवासमै भए पनि बिदेशीहरुले नेपाली परिभेषमा रम्न र रमाउनका लागि छुट्टै किसिमको अनुभव बटुल्न सक्ने छन् ।
सो उद्घाटन समारोहमा पन्चे बाजाले सुनमा सुगन्ध मात्र थपेन, सबैलाई नचाएर नै छाडे । दर्शकको रुपमा भेला भएका सबैले गेष्ट हाउसको धेरै जनचासो लिएको अनुभव गर्न सकिन्थ्यो । आउने पाहुनाहरुलाई सेवा र सत्कारका साथ क्वान्टिटी भन्दा पनि क्वालिटी दिने गेष्ट हाउसका मैनेजर भोजराज खनालले बताएका छन् । आशा गरौ आफ्नै नेपालीको व्यवसाय फलोस्, फुलोस् र उन्नतीले शिखर चुमुन यहि शुभकामना छ ।

वि.सं.२०७४ चैत १० शनिवार २०:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...