back
CTIZAN AD

दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो

वि.सं.२०७४ चैत ११ आइतवार

921 

shares

tiger

११ चैत, रत्ननगर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो ।

बाघको टाउको, भूडी, गालामा गम्भीर चोट देखिएको छ । १०÷१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उनको अनुमान छ । राप्ती नदी किनारमा आधा शरीर पानीमा डुवेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए ।

अर्काे बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो ।

वि.सं.२०७४ चैत ११ आइतवार ०८:४४ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...