back
CTIZAN AD

जुम्लाको कोइरेली गाउँ ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा

वि.सं.२०७४ चैत ११ आइतवार

870 

shares

११ चैत, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताइन् ।

उनका अनुसार गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रममा ध्यान दिएको छ ।

उक्त नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले सरसफाइका लागि शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको उनले जनाईन् ।

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली अब नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको दाबी गरिन् । गाउँमा हुने सबैखाले उत्पीडनबाट यो बस्तीका ३५ घरधुरीका १३० महिलाले हिंसामुक्त गाउँको इतिहास स्थापित गरेको उनले बताइन् । “यो कार्य अन्य क्षेत्रमा रहने महिलाका लागि पनि अनुकरणीय हुनेछ,” अधिकारकर्मी बुढाले भनिन् ।

समानताको समाज निर्माण गर्ने मूल ध्येयले जुम्लाको कोइरेलीबाट थालिएको अभ्यास नेपालका सबै गाउँमा लागू हुनुपर्नेमा उनको जोड थियो । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन सके मात्र यो कार्यक्रमले औचित्यता पाउने बताए । आजको मानव समुदायका लागि मनोविमर्शको पनि त्यत्तिकै आवश्यकता रहेको उनको भनाइ थियो ।
घोषणा कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले दुर्गम गाउँका पुरुषले सुगमको जस्तो सोच गरिदिएकाले हिंसामुक्त गाउँ बनाउन सकिएको बताए । १३० महिला र १४४ पुरुष गरी २७४ जनसंख्या रहेको उक्त बस्तीले रारा पर्यटन महोत्सवमा आउने प्रदेश सरकारका प्रमुखसहितको टोलीलाई स्वागत गर्ने योजना बनाएको जनाइएको छ । रासस

वि.सं.२०७४ चैत ११ आइतवार ०९:०३ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...