back
CTIZAN AD

छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

वि.सं.२०७४ चैत ११ आइतवार

834 

shares

११ चैत, चितवन । विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।

सोसाइटी अफ डर्माटोलोजिस्ट भेनेरोलोजिस्ट लेप्रोलोजिस्ट अफ नेपालले आयोजना गरेको दुईदिने सम्मेलनमा मुख्य रूपमा उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा छलफल गरिएको थियो ।

सम्मेलन तयारी समितिका संयोजक डा शशी हिराचनका अनुसार चर्मरोग लाग्नुका कारण, तिनको निदान, हालको अवस्था लगायतका विषय सँगै उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा केन्द्रित भएको थियो । सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, स्विट्जरल्याण्डसहित नेपालका २०० चिकित्सकको सहभागिता थियो ।

सम्मेलनमा गर्मी हावापानीमा देखिने छालाका समस्या र समाधानका प्रयास तथा नयाँ नयाँ प्रविधिका बारेमा छलफलसँगै कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागी करीव ३५ जना वरिष्ठ छाला रोग विशेषज्ञले छाला रोगको उपचारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा छालाका रोग पहिचान र निदानमा भएका काम तथा योजनाका बारेमा कार्यपत्र तथा सोध पत्रहरू प्रस्तुत गरेको वरिष्ठ छाला रोग विशेषज्ञ डा अचुत पोखरेलले बताए ।

वि.सं.२०७४ चैत ११ आइतवार १०:२० मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...