back

कसरी लुटिन्छ खुशी नारीको

वि.सं.२०७४ चैत ११ आइतवार

285 

shares
RBB AD
NTC AD

मेनिषा प्रसार्इं

भनिन्छ, नारीको मन कोमल हुन्छ
नारी छिट्टै बिग्रन्छन्
नारीको बिश्वास हुन्न
नारीलाई कहीं कतै जान दिनु हुन्न
ख्याल गर्नु पर्छ उसको
मुठ्ठीभित्र राख्नु पर्छ यसलार्इ
हाटबजार पाहुनापाछो घुमफिर
खुल्ला जान दिंदा
हुनसक्छ जथाभावी कतै
हाँस्छन होला
कसैलाई मन जित्न दिन्छन् होला
लसपस् हुन्छन् होला
कसैको गर्वभती बन्छन् होला !

नारीलाई शङ्कैशङ्काले घेरिएको हुन्छ
नारीको सोचाई र हेराई अरुकै इच्छा
र जबर्जस्तीले बाधिएको हुन्छ
नारीका हर चाहाना र इच्छाहरु
हातीबार ढुड़्गामा पछारे जसरी
पछारिएका हुन्छन्, मारिएका हुन्छन्
आँखाबाट महँगा मोतिका दाना
झारिएका हुन्छन्
जसरी कोलमा पेलेको तोरीको तेल
तप्प तप्प झरिरहन्छ
गहकिला ढुङ्गाहरूले थिचे पछि
जसरी सानो बाछो पेलाइमा पर्छ
साँढेको जुधाईमा परे पछि

नारीले जति सुकै
आफ्नो इज्जतमा बस्छु भनेर
आफ्नो मनलाई पत्थर बनाए पनि
भेटिन्छ एउटा दुष्ट पुरुष
र मेट्न खोज्छ उसका चाहना
भेट्न खोज्छ नारीलाई एकान्तमा
त्यतिबेला उसले सोच्दैन कि
ती नारी पनि त्यस्तै हुन् …
उनी पनि खोजिरहेछिन
सत्यता, इमान्दारिता
आफ्नो इज्जतको मूल्य र मान्यता
जसरी त्यही दुष्ट पुरुषले आफ्ना
आमा, छोरी र बहिनीहरुलाई
भन्ने गरेको हुन्छ
जोगिनु, होस् गर्नु कतै दुष्टको
हात पर्लाऊ र होलान त्यहाँ
कुनै दुर्व्यबहार
अनि कुट्नैतिक र जबरजस्ती हातपात

तर … !
तर आफू भने पगालिरहेछ
अर्की नारीलाई आगोको छेउमा घिउसरि
फुकाइरहेछ निरन्तर
उनमा बाधिएका मनका तुनाहरु
उधारिरहेछ मुटुका दर्बिला
सिउनीहरु जबरजस्ती
र बनाइरहेछ दारु खाएको
मानिस जस्तै कमजोर
लुटिरहेछ उनको सोच्ने शक्ति
र भुटिरहेछ उनीका सब चाहनाहरु
आगोमा मकैका दानाहरु भुटेझैं
उफ्रिरहेछन् ती नारी भित्रभित्रै
डर, त्रास, घिन अनि पिडाहरु
जसरी जुनेलो भुट्दा
छोपेर भुटिन्छ र जति नै
उफ्रिए पनि भागेर जाने
कुनै उपाय हुन्न
भित्र भित्रै उकुसमुकुस् हुन बाहेक
त्यसरी नै दुष्ट पुरुष
नारीको बलात्कार गरिरहेछ
नारीको खुशी खोसिरहेछ
नारीको कौमार्य लुटिरहेछ
नारी इज्जतलाई चुटिरहेछ

इति

कवि मनिषा प्रसार्इं साहित्य सन्ध्याकी नियमित प्रस्तोता हुनुहुन्छ । – सम्पादक

 

वि.सं.२०७४ चैत ११ आइतवार ११:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...