back
CTIZAN AD

तीन दशकपछि दशकपछि अशोक स्तम्भको संरक्षण

वि.सं.२०७४ चैत १२ सोमवार

786 

shares

१२ चैत, जितपुर, कपिलवस्तु । यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।

सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना (सेड) निर्माण गरी संरक्षण गरेको हो ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षक भएको छ । त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिरहन्छन् ।

निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ । लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन् ।

वि.सं.२०७४ चैत १२ सोमवार १३:०२ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...