back
CTIZAN AD

छलीमाया थामी पुरस्कृत

वि.सं.२०७४ चैत १२ सोमवार

768 

shares

१२ चैत, काठमाडौँ । अल्पसंख्यक थामी सामुदायलाई नयाँ सोचका साथ व्यवसायमा संलग्न गराउन महत्वपूर्ण योगदान पु¥याएबापत छलीमाया थामीलाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान गरिएको छ ।

दोलखा सोरुङखोलाकी थामीले देशभर रहेका ३० हजार थामी समुदायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र हिमालय जागरण अभियानले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेकोे हो ।

छलीमायाले अलैँची खेतीमा एकीकृत व्यवस्थापनका साथै उत्पादन र वितरणमा महत्वपूर्ण भूमिका खेलेका युएनडिपीले विज्ञप्तिमार्फत जनाएको छ ।

युएनडिपीका राष्ट्रिय निर्देशक रेनउ मेयर र अभियानका संस्थापक लाउरेन्स ब्रमले थामीलाई पुरस्कार प्रदान गर्दै सामुदायिक सशक्तीकरण र वातावरणको दिगो व्यवस्थापनबाट दिगो विकास लक्ष्य हासिल गर्न सकिने धारणा राखे । रासस

वि.सं.२०७४ चैत १२ सोमवार १३:३४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...