
१२ चैत, काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले( पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।
उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
वि.सं.२०७४ चैत १२ सोमवार १६:४१ मा प्रकाशित





























