back
CTIZAN AD

‘हाम्रो नेता यस्तो होस्’ बजारमा

वि.सं.२०७४ चैत १२ सोमवार

741 

shares

neta-yesto-hos-karna-shakya
काठमाडौँ । पर्यटन व्यवसायी कर्ण शाक्यले लेखेको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ । मुलुकमा प्रजातन्त्र आएको करीब सात दशक भए पनि राजनीतिक अधिकार सबै जनताले उपयोग गर्न नसकेको, जनताको जीवनस्तर सुधार हुन नसकेको, नेताहरु नसुध्रेको र चुनावमा राम्रो नेता निर्वाचित गर्न नसक्नु जनताको कमजोरी रहेकोजस्ता विषयलाई शाक्यले लिपिबद्ध गरेका छन् ।

कृतिमा नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वकोसन्देशमूलक भनाइ समावेश गरिएको छ । विमोचन कार्यक्रमका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । सो अवसरमा नेता शाक्यले विविधताले भरिएको नेपाली समाजका विभिन्न संस्कृतिभित्र विकृति आउन थालेकामा चिन्ता व्यक्त गर्दै कृतिले नेपाली समाजलाई अनुशासित र मर्यादित बनाउन नेतृत्व वर्गलाई प्रेरणा दिने बताए ।

नेता थापाले समाज परिवर्तनका लागि क्रियाशील नेताहरुले सिक्नुपर्ने महत्वपूर्ण अनुभव र सन्देश पुस्तकमा रहेको विचार राखेका थिए । पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले कामको प्रभावकारितालाई उमेरले नछेक्ने सन्देश शाक्यले कृतिमार्फत दिएको बताए । लेखक शाक्यले मुलुकमा विभिन्न स्रोत र साधन पर्याप्त भए पनि त्यसलाईसदुपयोग गर्न नसकेका कारण देश विकास हुन नसकेको विचार व्यक्त गरे।

वि.सं.२०७४ चैत १२ सोमवार २०:५२ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...