back
CTIZAN AD

आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति अनशनमा

वि.सं.२०७४ चैत १२ सोमवार

999 

shares

 

१२ चैत, काठमाडौँ  । शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आजदेखि आमरण अनशन बसेका छन् ।

माइतीघरमण्डलामा उनीहरुले शिक्षा ऐन २०२८ नवौँ संशोधनबमोजिम आन्तरिकतर्फ मात्र परीक्षा लिन थालेकाले त्यसमा दक्ष जनशक्तिले प्रतिस्पर्धा गर्न नपाउने भन्दै परीक्षा स्थगित गर्न माग गरिएको समितिका संयोजक पुष्कर शर्माले बताए ।

उनले परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति राख्नुपर्नेमा पनि जोड दिए ।

विसं २०७२ असोज पछाडि रिक्त रहेका पदसमेत समावेश गरी पदपूर्तिका लागि खुला विज्ञापन गरिनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने, अध्ययन अनुमतिपत्र रहेका वर्ष खुलाउनुपर्ने माग समितिको छ ।

यस्तै शिक्षा ऐन २०२८ नवौँ संशोधन राष्ट्रको हितमा नरहेकाले तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकको आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेत बन्द गर्नुपर्ने लगायतका माग समितिले राखेका छन् ।

हेमराज थापा, राजन लम्साल, रामचन्द्र शाही, मिलन बास्तोला र शशांक बोहरालगायत अनशनमा बसेका छन् ।

यता अस्थायी शिक्षक पनि विगत छ दिनदेखि आफूहरुलाई सामान्य प्रक्रिया पु¥याएर स्थायी गर्न माग राख्दै अनशन शुरु गरेका छन् ।

वि.सं.२०७४ चैत १२ सोमवार २१:०१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...