back
CTIZAN AD

मेडिकल कलेजले एक करोड ५० लाख तिरेन

वि.सं.२०७४ चैत १२ सोमवार

762 

shares

 

१२ चैत, चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ ।

भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने बक्यौता रकममध्ये महालेखा परीक्षकको कार्यालयले प्रचलित ऐनबमोजिम औँल्याएको बेरुजु रु ६७ लाख र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको बक्यौता रकमसमेत गरी करिब रु एक करोड ५० लाख भन्दा बढी बक्यौता देखिएको बताए ।

विसं २०५२ सालमा नेपाल सरकारसँग सम्झौता गरी भरतपुर अस्पतालको नौ बिगाहा जग्गा भाडामा लिएर भारतीयले मेडिकल कलेज सञ्चालन गरेका छन् । शुरुवातको समयमा प्रतिबिगाहा प्रतिवर्ष ५० हजार भाडा दिने सम्झौता भएको थियो ।

सम्झौताको समयमा पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने शर्त रहेको अध्यक्ष राजभण्डारीले बताए । तर विसं २०६३ सालमा तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष बद्री तिमिल्सिना १० प्रतिशत वृद्धि हुने प्रावधान खारेज गरेको उनले बताए ।

यसबाट अस्पताललाई ठूलो आर्थिक क्षति भएको छ, अध्यक्ष राजभण्डारीले भने – ‘यो निर्णय अस्पतालकै इतिहासमा घातक र हानिकारक भएको छ ।’

पुरानो सम्झौतालाई पुनरावलोकन गर्न अस्पतालले पटकपटक आग्रह गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताए । उनले सम्झौता पुनरावलोकन नभएसम्म मेडिकल कलेजलाई अस्पतालमा प्रयोगात्मक कक्षा पनि नदिइएको बताए ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले २०६३ मा सम्झौता संशोधन नभएको भए अहिले अस्पतालले प्रतिबिगाहा वार्षिक रु दुई लाख २५ हजार पाउन सक्ने बताए । अस्पतालले पाउनु पर्ने रकम मेडिकल कलेजले नियमित रुपमा तिर्नुपर्ने आफ्नो त्यतिबेलाको अडान कायमै रहेको उनले बताए ।
–––

वि.सं.२०७४ चैत १२ सोमवार २१:३२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...