back
CTIZAN AD

सबरी मुसहर्नी

वि.सं.२०७४ चैत १३ मंगलवार

1.1K 

shares

रमेशचन्द्र अधिकारी

 

गिरतनी
थाहा छ तपाईंलाई ?
यो मुसाको दुलोभित्र खन्याएको पानीले
पाताल भेटाउँछ र भेटाउँदैन ?
या सोसिदिन्छ यो मट्टीले
मेरा आँखाबाट नअटाएर खसेका
केही ढिक्का आँशुलाई जस्तै ।

म चानो ऋषिदेव
ऋषिहरुको देउता भएर नि अपवित्र छु
सोच्छु बारबार
चक्राइरहन्छ मेरो माथ अनि
मेरो पुर्खा सबरी मुसहर्नीले दिएको
जुठो बयर
किन स्विकारे भगवान रामले ?
अनि किन स्विकारेनन्
मैले छोइदिदाको पानी ?

तर उफ !
मेरो जवानी किन बयर भएको छ
गिरतको ओठमा सदियौ देखि ?
दानो भएर किन मिल्किएकी छु
मालिकको बारीमा ?
गिरतको बारीको धान खाने
मुसाकै बाटो
किन खन्नु पर्छ हाम्रो मरदले सदियौदेखि ?

थाहा छैन
संविधानको स्वाद
खमारमा पोलेको मुसाको चटनी भन्दा
मीठो हुन्छ कि ?
शोषित र पिडित भनेको को हो ?
गिरतनी,
मलाई त लाज छोप्न पनि धौ धौ छ,
राजनीतिले छोप्न मिल्छ र मिल्दैन?

बिना फसलको बोट बनेको छ जिन्दगी ,
यही बेला श्रीराम आए भने ?
कसरी दिनु होला बयर ?
र माग्नु होला वरदानमा मैले दिनाभद्री ?
आफै सबरी बनेर

इति

वि.सं.२०७४ चैत १३ मंगलवार ०८:३१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...