back

प्रवासमा हराएका नेपाली सपनाहरु

वि.सं.२०७४ चैत १७ शनिवार

132 

shares
RBB AD
NTC AD

amarjung-gurung2

 

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका  नेपालीहरु मध्ये पुस महिना (अंग्रेजी महिना २०१८ को जनवरी) मा   विभिन्न घटनामा ७ नेपालीको मृत्यु भएको छ । जसमा अष्ट्रेलियामा ३ जना,  युएईमा १, नाइजेरियामा १, स्पेनमा १ र मलेसियामा १ गरी ७ जनाको ज्यान गएको हो ।

यसैबीच स्पेनमा कार्यरत अमरजंग गुरुङको हृदयघातबाट मृत्यु भएको छ । सल्लाबोट २ अर्चलेबोट लम्जुङ घर भई स्पेनमा कार्यरत २८ वर्षीय गुरुङको ८ जनवरीका दिन मृत्यु भएको हो । पाँच वर्षदेखि स्पेनमा बस्दै आएका गुरुङ गतवर्ष मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । उनको शव व्यवस्थापनका लागि स्पेनका नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।

mishra2

अफ्रिकी मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियरको मृत्यु भएको छ । क्यानेडियन राहदानी भएका नेपालीमुलका इन्जिनियर विकास मिश्रको ३ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो । आइआइटी मुम्बईबाट इन्जिनियरिङ गरेका मिश्रले एमहारो इन्जिनियरिङ कम्पनीमा काम गर्थे । उनको हृदयघातबाट मृत्यु भएको रुवान्डामा रहेका दिपेन्द्र लामिछानेले जानकारी दिएको गैरआबासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

 नारायण भुसाल
नारायण भुसाल

दुबईमा अर्घाखाँची सन्धिखर्क नगरपालिका साबिक वडा नं–१० अमराईका ३५ बर्षिय नारायण भुसालले आत्महत्या गरेका छन् । दुबईको सारजहमा आफू बस्ने कोठाभित्र पंखामा पासो लगाएर ३१ डिसेम्बरमा उनले आत्महत्या गरेका थिए । भुसालले आत्महत्या गर्नु भन्दा अघिल्लो दिन आफ्ना साथि कृष्ण भूसाललाई फोन गरेर ‘दाइ मेरो दाँतमा समस्या आएको छ, मलाई त्यति सन्चो छैन भोलि बिहान आउनुहोला हस्पिटल चेकअपको लागि सँगै जानु छ’ भनेर फोन काटेका भुसाल बिहान झुण्डिएको अवस्थामा फेला परेको दुबईबाट युवराज थापाले जनाएका छन् । दुबईस्थित ‘हवात अल अरुज’ होटेलमा ७ महिना देखि कुकका रुपमा कार्यरत उनी बिहान काममा नआएपछि होटल मालिकले त्यहाँ कार्यरत अर्का कामदारलाई भुसाल बस्ने कोठामा पठाउँदा ढोका बन्द थियो । ढोका ढक ढक गरेर उनलाई बोलाउँदा ढोका नखोलेपछी मालिकलाई कल गरेर ढोका नखोलेको बताएका थिए । ढोका नखोलेको खबर पाएपछी तुरुन्तै प्रहरीसहित भुसालको कोठामा पुगेका मालिकले ढोका फोरेर हेर्दा भुसाल पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए । युएई पुगेको ८ महिनामै आत्महत्या गरेका भुसालको परिवारमा २ छोरा र श्रीमती रहेकी छन् ।
मलेसियाको पेनाङमा कार्यरत बमबहादुर लिम्बूको मृत्यु भएको छ । मोरङ घर भई पेनाङको युरोस्पेन कम्पनीमा कार्यरत लिम्बुको डिसेम्बर १७ का दिन मृत्यु भएको हो । ८ वर्षदेखि मलेसियामा कार्यरत लिम्बुको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन् । घर विदामा आउने तयारीमा रहेका उनको मृत्युभएपछि पेनाङमा कार्यरत नेपालीहरूले दुःख व्यक्त गरेका छन् ।
अष्ट्रेलियाको सिड्नीमा पुसको दोश्रो सातामा ३ नेपालीको मृत्यु भएको समाचार छ । मृत्यु हुनेमा एक विद्यार्थी, नर्स र एक वृद्ध महिला छन् । करिब एकसाता अघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवार भेट्न सिड्नी आएकी ६१ वर्षीया देवि कुमारी अधिकारीको विमानस्थलमै मृत्यु भएको थियो ।
यसैगरी सिड्नीको लिडममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफू बस्ने स्थानमा मृत भेटिएकी थिइन् । पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिए पनि कोरोनरीको रिर्पोट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । क्यानबेरामा रहेको नेपाली दूतावासले पनि उनीहरूको मृत्यु भएको पुष्टि गर्दै परिवारलाई जतिसक्दो सहयोग पु¥याएको जनाएको छ ।

एनआरएनए न्युसाउथवेल्सका संयोजक तथा उपाध्यक्ष नन्द गुरुङका अनुसार पाण्डेका २ बच्चा छन् । उनी न्युकासलको सिंगलटनमा बसोबास गर्दै आएकी थिइन् । गुरुङले विमानस्थलमा मृत्यु भएकी अधिकारीको शब नेपाल पठाइसकिएको र रिजालको पनि परिवारको आग्रहमा नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए । यतिबेला अष्ट्रेलियामा रहेका कयौं नेपालीमा डिप्रेशन बढ्दो रहेका कारण आत्महत्या बढेको बताइएको छ ।
२०१७ मा कुवेत र युएईमा ११५ जनाको मृत्यु

सन् २०१७ मा कुवेत र युएईमा रोजगारीका लागि गएका ११५ नेपालीले ज्यान गुमाएका छन् । रोजगारीका लागि कुवेत पुगेका ३१ नेपाली कामदारले विभिन्न कारणले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा १५ पुरुष र १६ जना महिला कामदार रहेको कुवेतबाट पत्रकार हरिकृष्ण न्यौपानेले जनाएका छन् । घटनाको प्रकृतिका आधारमा हृदयघात मष्तिष्कघात, श्वास प्रश्वास सम्बन्धी समस्याबाट १७ जना, सडक र कार्यक्षेत्र तथा अन्य दुर्घटनाबाट ६ जना, आत्महत्याबाट ६ जना तथा मृत्युको कारण खुल्न नसकेको १ जना र १ को हत्याबाट ज्यान गएको हो ।
त्यस्तै युएईमा एकवर्षको अवधिमा ८४ नेपालीले ज्यान गुमाएको समाचार छ । मृत्यु हुनेमा ७६ पुरुष र ८ जना महिला रहेका छन् । त्यसमा ३१ प्रतिशत आत्महत्या, २६ प्रतिशत दुर्घटनामा र प्राकृतिकजन्य कारणले ४३ प्रतिशतको मृत्यु भएको जनाइएको छ । नेपाली दूतावासको ४ वर्षको विवरण अनुसार २०१६ मा ६६ जना, २०१५ मा ६४ जना, २०१४ मा ६३ जना र २०१३ मा ७० जनाको मृत्यु भएको छ । सन् २०१७ मा ४ वर्षयताकै मृत्युदर बढी देखिएको छ ।

वि.सं.२०७४ चैत १७ शनिवार १७:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा...

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२...

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ विजयी

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट...