back
CTIZAN AD

भक्तपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु

वि.सं.२०७४ चैत १७ शनिवार

855 

shares

 

१७ चैत, भक्तपुर । प्रदेश नं ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरेका हुन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं। प्रदेश सरकारले निर्माण गर्न लागेको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरेको हो । जग्गाको निरीक्षणपछि क्रिकेट मैदानका लागि उक्त जग्गा उपयुक्त रहेको मुख्यमन्त्री पौडेलले बताए ।
उनले भने–“अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हामीले जग्गा हे¥यौँ जग्गा उपयुक्त लाग्यो अब आजसँगै आएको प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मैदान निर्माण कार्य शुरु गरिन्छ ।”
क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रुपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताए ।
उनले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाका गर्ने बताए ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पु¥याउने बताए

वि.सं.२०७४ चैत १७ शनिवार २०:५५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...