back
CTIZAN AD

असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने

वि.सं.२०७४ चैत १७ शनिवार

777 

shares

१७ चैत, बेँसीशहर, लमजुङ  । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहुँच पुग्ने बताएका छन् ।

शनिबार लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको उद्घाटन गर्दै उनले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरु लागिपरेको बताएका हुन् । “असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भने, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैंकबाटै हुन्छ ।”

विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्र बैंकले लिएको उनको भनाइ थियो ।

सिभिल बैंकले ५९ औँ शाखाका रुपमा बेसीशहरमा शाखा विस्तार गरेको हो । योसँगै सिभिल बैंकले लमजुङमा पाँच शाखा विस्तार गरिसकेको छ । नेपालभर बैंकको कुल ५९ शाखा रहेको जनाएको छ ।

वि.सं.२०७४ चैत १७ शनिवार २१:३३ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...