back
CTIZAN AD

प्रतिभा पहिचान प्रतियोगिताबाट ३३ विद्यार्थी छनोट

वि.सं.२०७४ चैत १७ शनिवार

1.2K 

shares

 

१७ चैत, काठमाडौँ । प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको पहिलो चरणमा भाग लिएका ६५ विद्यार्थीबाट ३३ जना छनोट भएका छन् ।

‘पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड–२०१८’ का नाममा प्रतियोगिता आयोजना गर्न लागिएको हो । छनोटमा परेका विद्यार्थीले दोस्रो चरणमा खगोलीय साधन बनाउने, प्रतिवेदन लेख्ने, कार्यपत्र तयार पार्ने, जनसम्पर्क गर्ने जस्ता काम गर्नु पर्नेछ ।

दोस्रो चरणको कार्यक्रम तालीका छिट्टै प्रकाशित गरिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दोस्रो चरणका कार्यक्रममा प्रतियोगीले अनलाइनमार्फत नै भाग लिन सक्नेछन् ।

दोस्रो चरणबाट तेस्रो अर्थात् अन्तिम चरणका लागि २० विद्यार्थी छनोट गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी र्दिए । अन्तिम चरणका लागि छनोटमा परेका प्रतियोगीलाई बन्द शिविरका लागि काठमाडौँ बोलाइनेछ । बन्द शिविरबाट वर्षका पाँच उत्कृष्ट विद्यार्थीको छनोट गरिने उनले बताए ।

कार्यक्रमका लागि विसं २०७५ असार ६ ९जून २०, २०१८० गतेसम्म २० वर्ष पुग्ने १० जोड दुई अध्ययनरत विद्यार्थीले आवेदन दर्ता गराएका थिए । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिने जनाइएको छ ।

सन् २०१४ देखि शुरु भएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् ।

पहिलो चरणको परीक्षा गत फागुन ५ गते विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिएको थियो । दोस्रो चरणको छनोट जेठ ६ गतेपछि हुनेछ । जेठ ६ गतेसम्म कक्षा ११ को परीक्षा भएकाले त्यसपछि दोस्रो चरणको कार्यक्रम गरिने जनाइएको छ ।

यो प्रतियोगिताबाट छनोट हुने विद्यार्थी आगामी नोभेम्बरमा चीनमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

वि.सं.२०७४ चैत १७ शनिवार २१:२९ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...