back
CTIZAN AD

जिफन्ट अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७४ चैत १७ शनिवार

882 

shares

binod-shresha-gfont
१७ चैत,काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । सातौँ राष्ट्रिय महाधिवेशनले आज श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

चार वर्षे कार्यकालका लागि श्रेष्ठले अर्का प्रतिस्पर्धी विष्णु लम्सालसँग गोलाप्रथामा पराजित गर्दै निर्वाचित भएका हुन् । दुवैजनाको समान १९१ मत आएपछि गोलाप्रथाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको वर्तमान उपाध्यक्ष जितेन्द्र श्रेष्ठले बताए ।

लम्साललाई अनुशासन आयोगको अध्यक्ष बनाइएको छ । यसैगरी उपाध्यक्षमा विदुर कार्की, जितेन्द्र श्रेष्ठ, रमेश वडाल, मन्जु थापा, मीना गुरुङ, दीपक पौडेल, कमल गौतम र गुणराज आचार्य रहेका छन् ।

यस्तै, महासचिवमा जनक चौधरी, उपमहासचिवमा गीता कार्की र दिनेश राई निर्वाचित भएका छन् । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग’ भन्ने नाराका साथ यही चैत १४ गतेदेखि महाधिवेशन काठमाडौँमा शुरु भएको थियो ।

महाधिवेशनमा ४१२ प्रतिनिधिसहित २० देशका ४८ जनाको सहभागिता रहेको थियो । जिफन्टमा चार लाख ४० हजार सदस्य आबद्ध रहेका छन् ।

वि.सं.२०७४ चैत १७ शनिवार २१:१४ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...