back
CTIZAN AD

दोस्रो राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा गजेन्द्र बर्देवा प्रथम

वि.सं.२०७४ चैत १७ शनिवार

789 

shares

 

१७ चैत, पोखरा (रासस) । पोखरामा जारी ‘दास्रोे राष्ट्रिय खुल्ला स्केट बोर्डिङ महिला तथा पुरुष च्याम्पियनसिप–२०७४’ पोखरा रंगशालास्थित अन्नपूर्ण स्केटबोर्डस्थलमा आज सम्पन्न भएको छ ।

प्रतियोगितामा १४ वर्षभन्दा माथि उमेर समूह पुरुष सिनियरतर्फ काठमाडौँका गजेन्द्र बर्देवा प्रथम बनेका छन् भने कास्कीका समीर विल्सन द्वितीय र पेन्टोलिन शेर्पा तृतीय बनेका छन् ।

यस्तै १४ वर्षभन्दा कम उमेर समूह पुरुषतर्फ काठमाडौँका धीरज परियार प्रथम, कास्कीका सुमित गुरुङ, द्वितीय र कास्कीका राजकुमार तृतीय बने ।

महिलातर्फ काठमाडौँका लोरिन राई र रेजिना महर्जनले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विजेता प्रथम र द्वितीयलाई क्रमशः नगद रु पाँच हजार, रु दुई हजार र रु ५००का साथमा रु १० हजार पर्ने स्केट बोर्ड र तृतीयलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महिला सहभागीलाई प्रोत्साहनस्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

विजेतालाई नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष खनाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की स्केटिङ संघका उपाध्यक्ष सुनिल पिसी, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले नगद, प्रमाणपत्र र स्केटबोर्ड प्रदान गरेका थिए ।

प्रतियोगितामा २० जिल्लाका १०० जना खेलाडीको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ चैत १७ शनिवार २१:०७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...