back
CTIZAN AD

धनगढी प्रिमियर लिग : उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी

वि.सं.२०७४ चैत १८ आइतवार

822 

shares

१८ चैत, धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडाँँै गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त विजय लक्ष्य काठमाडाँै गोल्डेन्सले १८ दशमलव ४ ओभरमा पुरा ग¥यो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक ८१ रन बनाए । उनले ६५ बल खेल्दै चार छक्का र नौ चौका हाने । नरेश बुढाऐरले अविजित २४ रन तथा जयकिशन कोल्सावालाले १६ रन बनाए ।

बलिङतर्फ टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए । यसअघि टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए । उनले ५७ बल खेले । शंकर रानाले ३६ तथा राजु रिजालले १० रन बनाए ।

बलिङतर्फ काठमाडाँै गोल्डेन्सका साहब आलमले ह्याट्रिक विकेट लिए । उनले खेलको १८ औँ ओभरमा लगातार तीन विकेट लिएका हुन् । आलमले तेस्रो बलमा सुनिल धमला, चौथो बलमा सोमपाल कामी तथा पाँचौँ बलमा सोनु तामाङको विकेट लिएका थिए । आइतबार महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ ।

वि.सं.२०७४ चैत १८ आइतवार ०९:३४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...