back
CTIZAN AD

पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने मन्त्री मगरको प्रतिबद्धता

वि.सं.२०७४ चैत १८ आइतवार

783 

shares

purnabas

१८ चैत, कञ्चनपुर । खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गरेकी छन् ।

आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क बस्न सकिने र रोग भए नभएको बारे यकिन हुने बताइन् ।

“क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा पति प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो”, मन्त्री मगरले भनिन्, “उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।”

शिविर सञ्चालन समितिका संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निःशुल्क औषधिसमेत व्यवस्था गरिएको बताइन् । क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुख र स्तनको अर्बुद हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट बच्न सकिने बताइन् ।

पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा हुने शिविर १ नं निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा समेत सोमबार र मंगलबार सञ्चालन गरिने छ ।

वि.सं.२०७४ चैत १८ आइतवार १७:०४ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...