back
CTIZAN AD

रसुवा र लाङटाङले पर्यटकको अभिलेख राख्ने

वि.सं.२०७४ चैत १८ आइतवार

852 

shares

langtang-himal रसुवा । पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् ।

वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले बताए ।

पर्यटक बस्ने होटलवालाले पर्यटकको नाम राहदानी नम्बर र उसको देश समेत स्पष्ट हुने गरी अभिलेख राख्नुपर्ने र समय समयमा प्रहरीले खोजेका बखत विवरण दिनुपर्ने सुझाव दिइएको बताए ।

पहिलो याम मानिने असोज, कात्तिक र मंसिर तीन महिनामा दुई हजार ६३७ विदेशी पर्यटक आएका थिए भने दोस्रो यामअन्तर्गत अहिले एक हजारभन्दा बढी पर्यटक गोसाइँकुण्ड र लाङटाङलगायत विभिन्न हिमाली क्षेत्रको अवलोकनमा गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र नेपाल प्रहरीले बस्तीलाई तीव्रता दिएको र पर्यटकलाई सबै क्षेत्रबाट सहयोग मिल्ने प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिएका छन् ।

वि.सं.२०७४ चैत १८ आइतवार १६:३१ मा प्रकाशित

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...