back
CTIZAN AD

बेहाल अबस्थामा अस्पताल

वि.सं.२०७४ चैत १८ आइतवार

696 

shares

१८ चैत, जाजरकोट । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काम काजमा गएकि र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त भएको छ ।

अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन् । गत कात्तिकमा आएर जागिर जोगाएका उनका त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ । त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्र्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा थिए । विभिन्न बहानामा जिल्ला छाढेका थिए उहाँको कोही व्यक्तिगत रुपमा, कोही एमडीको तयारीमा त केही तामिलमा थिए ।

यता जिल्ला अस्पताल भने करार सेवामा कार्यरत सिकारु डा अमिन शाहको भरमा चलिरहेको छ । पचास सयको जिल्ला अस्पताल डा शाहले जेनतेन चलाएका छन् ।

अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि अमिनले चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । अस्पताल प्रमुख नै नभएपछि चिकित्सकहरू आफू खुशी जिल्ला बाहिर हिँड्दा उपचार सेवा प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र उपचार सेवा प्रभावित भएकाले काज फिर्ता गर्न पटकपटक ताकेता गरे पनि पहुँचको भरमा डा जैसवाल मन्त्रालयमा काजमा बस्दै आएका छन् । मैले पटकपटक काज फिर्ता गराउन ताकेता गरे तर सुनुवाइ नभएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ – “जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि चिकित्सक जिल्लामा छैनन् । एकजना करारका चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ । एकजनाले २४ सै घण्टा उपचार गर्न कसरी भ्याउँछन । निकै समस्या भइसक्यो ।”

जिल्ला अस्पतालमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत चिकित्सकविहीन छन् । दल्ली, लिम्सा र गर्खाकोटमा कार्यरत मेडिकल अधिकृत विभिन्न बहानामा जिल्ला छोडेर गएपछि ती स्वास्थ्य संस्था चिकित्सकविहीन भएका हुन् ।

लिम्सामा कार्यरत डा सञ्जीवकिरण प्रधान, गर्खाकोटमा कार्यरत डा पवन शाक्य दिल्लिमा कार्यरत डा सञ्जयकुमार यादव र डा सञ्जय थापा एक महिनादेखि जिल्ला बाहिरगउका थिए । डा यादव जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले धम्क्याएको भन्दै जिल्ला छोडको बताए भने अन्य चिकित्सक एमडीको तयारीमा काठमाडौँ गएका हुन् । लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक गएर उपचार सेवा दिन थालेपछि खुशी भएका स्थानीय बासिन्दा अहिले निराश छन् ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताललाई अस्तव्यस्त पारेको प्रतिक्रिया दिएका छन् । महेन्द्रले काजमा रहेका डा जैसवालको काज फिर्ता गर्न र अन्य चिकित्सकलाई पनि निल्लामा नियमित बस्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जिल्ला अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैन । यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो । अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल, कफ सिरफ, आरएल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ । मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ तर निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन् ।

अस्पतालमा प्रसुति सेवाका लागि गज, कटन, ग्लोब्सलगायतक सामग्री अभाव छ । भेरी नगरपालिकाले चालू आवमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो तर नगरपालिकाले भने २५ सयसम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० सयको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ ।

दुई वर्षअघि १५ श्ययाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० सयको बनाइएपछि औषधि पाइन छाडेको हो ।

वि.सं.२०७४ चैत १८ आइतवार १६:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...