१८ चैत, काठमाडौं ।सनलाईज बैंक लिमिटेडले आफ्नो बानियाटारमा रहेको शाखा स्थान्तरण गरेको छ ।
बैंकको बानियाटारमा रहेको साखालाई टोखा न.पा. वडा नं. ८ (साविकको स्थानबाट करिव ३० मि.को दुरी) मा स्थानान्तरण गरेको हो ।
आईतबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको समुद्घाटन गरेका थिए ।
बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको बताएको छ ।
त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ । सेन्ट्रल पार्क एटिएमको उद्घाटन सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।
हाल बैंकले मुलुकभर आफ्नो ७६ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरमार्फत आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा जनाएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराईज क्यापिटल लि. रहेको छ ।
वि.सं.२०७४ चैत १८ आइतवार १६:०० मा प्रकाशित






























