back
CTIZAN AD

प्रदूषित पानीका कारण दुईलाख जनसंख्या प्रभावित

वि.सं.२०७४ चैत १८ आइतवार

693 

shares

१८ चैत, बर्दिवास । महोत्तरी जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीका कारण करीब दुईलाख जनसंख्या प्रभावित भएका छन् ।

धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरीको सीमा नदी रहेको बिग्हीमा धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर इण्डष्ट्रिज ले आफ्नो उद्योगको प्रदूषित पानी झारेपछि यहाँका बासिन्दा प्रदूषित पानीकनट सताइएका हुन् ।
जिल्लाको भंगाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टि नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीको वस्तुभाउको सघन चरण क्षेत्र नै बहाव हुने गरेको छ । भंगाहा, लोहारपट्टि, जलेश्वर र मटिहानी गरी चार नगरपालिका एवं महोत्तरी र पिपरा गरी दुई गाउँपालिकासहित छवटा स्थानीय तह महोत्तरीमा बिग्ही नदी बहाव क्षेत्रमा पर्छन् ।

एकताका कैयौँ ठाउँमा खानेपानीका मूल रहेको यो नदी क्षेत्रमा २०३९ ९सन् १९८२० सालमा एभरेष्ट पेपर उद्योग स्थापना भएयता उद्योगले ढलबाट झार्ने प्रदूषित पानी मिसिएपछि खानेपानीका मुहान सुकेका यसअघि हरिहरपुरहरिनमरी गाविसका उपाध्यक्षसमेत रहनुभएका हाल भंगाहा–९ सखुवाटोलका राजवीर यादवले बताउनुभयो । “बिग्ही नदी त हाम्रो जीवन थियो” यादवले भन्नुभयो– “प्रदूषित ढलको पानी मिसाइएयता शुद्ध मानिने भुल्के पानीका मुहान सबै सुकेका छन्, प्रदूषित पानी खाएर पशु चौपाया बिरामी हुने र चाँडै मर्ने क्रम पनि बढ्दै गएको छ ।”

उद्योगले ढलबाट प्रदूषित पानी झारेपछि नदीको पानी कालो भएको छ । नदीको पानी प्रदूषित भएपछि २०४० सालयता कैयौँ आन्दोलन भएका अहिले प्रदेश नम्बर २ का सदस्य महोत्तरीको लोहारपट्टिका बासिन्दा जानकीशरणले जानकारी दिनुभयो । “हामीले विषाक्त पानी ढलबाट नदीमा झार्ने उद्योगविरुद्ध लामो आन्दोलन ग¥यौँ” साहले भन्नुभयो– “पछि यो मुद्दा सर्वोच्च अदालत पुग्यो, अदालतले नदीमा झारिएको ढल अन्तै व्यवस्थापन गर्न आदेश पनि दियो, तर त्यो आदेश कहिल्यै कार्यान्वयन भएन ।”

महोत्तरीबाहेक धनुषाका क्षिरेश्वर नगरपालिका र लक्ष्मीनिंया गाउँपालिकाका धेरै बस्ती बिग्ही नदी किनारमा छन् । दुवै जिल्लामा बेग्लाबेग्लै र संयुक्त गरी २०४० सालदेखि २०६० सम्म कैयन पटक स्थानीय प्रशासन कार्यालयमा धर्ना, जुलूस र घेराउका आन्दोलन गरिएका विगत सम्झँदै अहिले जिल्ला समन्वय समितिका अध्यक्ष रहनुभएका सुरेशप्रसाद सिंहले भन्नुभयो–, “त्यत्रा आन्दोलन भए, सर्वोच्च अदालतले तत्काल नदीमा झारिएको ढल अन्तै व्यवस्थित गर्न आदेश दिएको पनि २० वर्ष नाघ्यो, तर त्यो किन कार्यान्वयन भएन, बुझ्न सकिएन ।”

महोत्तरी र धनुषाका गरी आठ महोत्तरीका छ र धनुषाका दुई स्थानीय तहका ४० भन्दा बढी बस्ती भएर बग्ने बिग्ही नदीको प्रदूषण नरोकिँदा त्यो पानी खाएर दुहुना गाई÷भैँसी र अरु पशुवस्तु दीर्घरोगी हुने, दूध घट्ने, चाँडै थाक्ने र मर्नेसमेत गरेका पशुपालक किसानको गुनासो छ । नदी तर्दा पैदलयात्रुलाई विषाक्त पानीको असरले छाला चिलाउने समस्या पनि हुने गरेको लोहारपट्टि नपाको खुट्टापिपराढी बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरीले बताएका छन् । प्रदूषित पानीले बालीनालीको उत्पादन र गुणमा समेत ह्रास ल््याएको महोत्तरीको यस भेगका पाका किसानको भनाइ थियो ।
“नियम कानून हेर्दा सरकारले वातावरणमा प्रतिकूल असर पर्न नदिन उद्योग स्थापना र सञ्चालनको मापदण्ड तोकेको देखिन्छ” भंगाहा–३ का बासिन्दा पूर्वप्रशासक तेजनारायण सिंहले भन्नुभयो, “तर उद्योग क्षेत्र ओरपर कही वृक्षारोपण गरेको वा वातावरण संरक्षण, प्रवद्र्धनका लागि केही गरेको देखिँदैन ।”
पछिल्लोपटक विगतमा प्रदूषणविरुद्ध लामो आन्दोलन गरेका राजनीतिक कार्यकर्ता अहिले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा पुगेर सरकारको जिम्मेवारीमा देखिएपछि यस भेगका बासिन्दामा प्रदूषित पानी व्यवस्थित हुने आश जागेको छ । “यही प्रदूषणविरुद्ध कैयौँपटक धर्ना र घेराउ कार्यक्रममा सरिक भएका थुप्रै अहिले महत्वपूर्ण ओहोदामा पुगेका छन्” लोहारपट्टि बजारका सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भन्नुभयो–, “अब अहिले पनि बिग्ही नदीको प्रदूषित पानी व्यवस्थित नभए कहिले होला ?”

यसैबीच प्रदेश नं २ का उद्योग, वन तथा वातावरणमन्त्री रामनरेश रायले बिग्ही नदीको प्रदूषणबारे आफ्नो चासो रहेको उल्लेख गर्दै उद्योगले नदीमा झारेको ढलको प्रदूषित पानी अन्तै व्यवस्थित वा भरपर्दो वैज्ञानिक तरिकाले शुद्धीकरण गर्नैपर्छ, प्रदेश सरकारका तर्फबाट उद्योगलाई यसबारे सचेत गराइने बताए ।

पछिल्लो पटक प्रदेश सरकारका मन्त्रीले यसबारे चासो बढाएपछि प्रदूषित पानी पीडित महोत्तरी र धनुषाका बासिन्दामा बिग्हीमा शुद्ध पानी बगेको हेर्ने दिन फेरि आउने आस जागेको छ ।

उद्योगले भने सधैँजसो आफूले झारेका ढलको पानीले नदीको पानीको रङ कालो बनाएको भए पनि विषाक्त भने नभएको भन्दै झारा टारेर सर्वोच्चको आदेश अवज्ञा गर्ने दिन कहिले टुंग्गिएला भन्ने पर्खाइमा रहिएको लोहारपट्टि नपाको बगडाका बासिन्दा रामकिशोर यादवको भनाइ ।

वि.सं.२०७४ चैत १८ आइतवार १३:५४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...