
१८ चैत्र । भारतीय क्रिकेट खेलाडी मोहम्मद शमीकी श्रीमतीले आफूलाई क्रिकेटरले धम्की दिएको बताएकी छिन् । मोहम्मदकी श्रीमती हसीन जहानले मोहम्मद सडक दुर्घटनामा परेको थाहा पाएपछि भेट्नको लागि कोशिस गर्दा दिल्लीका भारतीय क्रिकेटरहरुले नभेट्न धम्की दिएको आरोप लगाएकी छिन् । उनले मोहम्मदकी आमा अंगरक्षकको रुपमा रहेको र आफूलाई भेटन् नदिएको बताएकी छिन् । छोरीसँग भेटघाट गर्ने र सँगै खेलेको तर आफूलाई स्वीकार नगरेको उनको भनाई छ । यसका लागि उनले मोहम्मदकी आमालाई दोष लगाएकी छिन् ।
उनले टिव्टरमा लेखेकी छिन् – म मोहम्मद शमी घाइते भएको देखेर भेट्न आएको थिएँ, तर उनले मसँग भेट्न इन्कार गरे, उल्टो धम्की दिँदै अब अदालतमा भेटुँला ’
मेरी छोरीले आफ्नो बाबुको तस्विर देखेपछि भेट्न चाहेको हुँदा भेट गराउन चाहेको हसीनले मिडियासँग भेनेकी छिन् ।

मोहम्मद देहरादुन देखि दिल्लीको यात्रा गर्ने क्रममा सडक दुर्घटनामा परी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको हुँदा अस्पतालमा उपचाररत छन् । केहि महिना अघिदेखि उनीहरुबीच राम्रो सम्बन्ध छैन । हसीनले आफ्नो पति मोहम्मदको अन्य केटी साथीहरुसँग सम्बन्ध रहेको आरोप लगाएपछि हाल उनीहरु अलग रहँदै आएका छन् ।
वि.सं.२०७४ चैत १८ आइतवार १३:४३ मा प्रकाशित


























