back
CTIZAN AD

जय राय जुनियर ब्याडमिन्टनमा नेपालका रुकेश महर्जनले भाग लिँदै

वि.सं.२०७४ चैत १८ आइतवार

954 

shares

१८ चैत,काठमाडौँ  । इन्डोनेसियामा हुने पम्बइगुन जय राय जुनियर ग्रेन्ड प्रिक्स– २०१८ प्रतियोगितामा नेपालका तर्फबाट ब्याडमिन्टन खेलाडी रुकेश महर्जनले भाग लिने भएका छन् ।

यही चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी महर्जनसहित म्यानेजर विनोद बस्नेतलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले आज यहाँ आयोजित कार्यक्रममा बिदाई गरे ।

अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य श्रेष्ठले ब्याडमिन्टन नेपालको पुरानो खेल भए तापनि अहिलेसम्म ओलम्पिकमा सहभागिता जनाउन नपाएको गुनासो व्यक्त गर्दै यस खेलका माध्यमबाट ओलम्पिकमा सहभागी हुनका लागि स्तरवृद्धिमा सुधार हुने विचार व्यक्त गरे ।

उक्त प्रतियोगितामा करीब २० देखि २५ राष्ट्रले भाग लिनेछन् ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ, मुख्य प्रशिक्षक सुदीप योञ्जन, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ चैत १८ आइतवार २१:०२ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...