back
CTIZAN AD

समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका ः उपराष्ट्रपति

वि.सं.२०७४ चैत २३ शुक्रवार

762 

shares

२३ चैत, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको छैटौँ राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गरेका छन् ।

“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भने । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने पुनको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिए ।

महाधिवेशन भोलि शनिबारसम्म चल्नेछ ।

फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिए ।

पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १६:५४ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...