back
CTIZAN AD

एकहजार विद्यार्थीको पत्र प्रधानमन्त्रीलाई

वि.सं.२०७५ वैशाख ९ आइतवार

699 

shares

९ वैशाख,काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालसहित विभिन्न ५२ संस्थाले यस वर्षको विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा सार्वजनिक विद्यालय सुधारका लागि एक हजार विद्यार्थीबाट पत्र संकलन गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले दिगो विकास लक्ष्यको ४ नं मा रहेको ‘जवाफदेहिता र नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ यस वर्षको कार्यसप्ताह मनाउन लागिएको जनाइएको छ ।

नेपालमा सन् २००३ देखि शिक्षाको विश्वव्यापी अभियान (जिसिई) ले निर्दिष्ट गरेका विषयभित्र रही प्रत्येक वर्ष कार्य सप्ताह मनाउने गरिएको छ ।

यही वैशाख ११ गते भद्रकालीबाट सार्वजनिक शिक्षाका पक्षमा प्रदर्शनी गरी शुरु हुने सप्ताहका क्रममा वैशाख १३ गते राजनीतिक संवाद गरिने, जिल्ला जिल्लामा शिक्षामा उत्तरदायित्व तथा नागरिक सहभागितासम्बन्धी मागसहित ज्ञापनपत्र दिने र सप्ताहको अन्त्यमा प्रधानमन्त्री, शिक्षामन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएका छन् । नेपालको संविधानले प्रत्येक बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको हक सुनिश्चित गरेको छ ।

वि.सं.२०७५ वैशाख ९ आइतवार २२:२२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...