
२० अप्रिलमा सगरमाथा समूह ओमानको पुनर्गठन भएको छ । बर्का मस्कटको फार्म हाउसमा सगरमाथा समूह ओमानले आयोजना गरेको नयाँबर्ष २०७५ स्वागत बनभोज कार्यक्रम तथा पुनर्गठन कार्यक्रमले नगेन्द्र पौडेलको अध्यक्षतामा शसक्त टिम गठन गरेको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रीय सचिब डिबि छेत्रीको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी ओमान तथा गैरआवासीय नेपाली सोसल क्लवका अध्यक्ष दीपक श्रेष्ठको विशषे आतिथ्यता रहेको सो कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष -नगेन्द्र पौडेल
बरिस्ठ उपाध्यक्ष – लक्ष्मण श्रेष्ठ
उपाध्यक्ष- पदम अधिकारी
महासचिव – भिम निरौला
सचीव – रमेश लावति लिम्बु
कोषाध्यक्ष- अष्टमान कोजु
सह कोषाध्यक्ष – तिलक दर्जी
युवा तथा खेलकुद सम्योजक – जित बहादुर लावती
प्रबक्ता – कृष्ण खड्का
कला तथा सास्कृतिक सम्योजक – देबि मगर तथा नवराज गुरुङ
केन्द्रीय सदस्यहरु
१) शंकर अधिकारि
२) इश्वर श्रेष्ठ
३) दिलिप शर्मा
४) राजु सुनार
५) भिम थापा
६) रुद्र बहादुर मगर
७) राज कुमार बि. क.
८) सचिन राज गिरि
९) प्रकाश पोख्रेल
१०) ललित कुमार राई
११)सन्जय ठाकुर
सम्रक्षक – राजेन्द्र चौधरी
विशेष सल्लाहकार – दिपक श्रेष्ठ
बरिस्ठ सल्लाहकार – सागर अधिकारी
सल्लाहकार – रबिन सिल्पकार
नयाँ कार्यसमितिका अध्यक्ष नगेन्द्र पौडेलले सगरमाथा समुह गैरराजनितिक संस्था भएको र यसले समाजसेवाका क्षेत्रमा काम गर्ने भएकाले नेपाली नियोग, गैरआवासीय नेपाली सोसल क्लव लगायत ओमानमा रहेका सवै संस्घसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले समाजसेवा, खेलकुद, पर्यटन, वैदेशिक रोजगारी तथा नेपाली संस्कृति जर्गेना जस्ता बिषयको सेरोफेरोमा रहेर काम गर्ने प्रतिवद्धतासहित पौडेलले आफ्नो कार्यकाल २०१८–२०२० का लागि ५ बुँदे घोषणापत्र पनि जारी गरेका छन् ।

वि.सं.२०७५ वैशाख १० सोमवार ०८:३३ मा प्रकाशित



























