back
CTIZAN AD

वोन्सो बंगलादेशमा नयाँ कमिटी, विभिन्न च्याप्टरहरु पनि गठन

वि.सं.२०७५ वैशाख ९ आइतवार

660 

shares

wnso-bangladesh

विश्वव्यापी नेपाली विद्यार्थी संगठन (वोन्सो) को बंगलादेश च्याप्टरले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । २१ जुलाईमा सम्पन्न भेलाले विनोदकुमार यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सो समितिको वरिष्ठ सहसंयोजकमा राहुल ठाकुर, संयोजकमा मनिषा रोकाय, अनुज सुवेदी र नितेश अधिकारी, महासचिवमा मनोज शाह रौनियार, सहसचिवमा श्रवण ठाकुर, प्रवक्तामा भुवन खुलाल, कोषाध्यक्षमा सागर लम्साल, सहकोषाध्यक्षमा अंकित महतो, साँस्कृतिक तथा कार्यक्रम संयोजकमा दिप्ती योजना राई र रुपेश महतो, महिला प्रतिनिधिमा रोशनी श्रेष्ठ र रक्षान्दा खान, संचार संयोजकमा राजन श्रेष्ठ र जनसम्पर्कमा निरज चौधरी चयन गरिएको बंगलादेशको शिख मुजिब मेडिकल विश्वविद्यालयमा एमएस अध्ययनरत तथा वोन्सो बंगलादेशको प्रमुख सल्लाहकार डा राकेश साहले जानकारी दिए ।

सो भेलाले बंगलादेशका विभिन्न शहरहरुमा पनि च्याप्टर गठन गरेको छ । ढाका च्याप्टर, सिलेट च्याप्टर, रंगपुर च्याप्टर, दिनाजपुर च्याप्टर र चिताङ च्याप्टर रहेका छन् ।

ढाका च्याप्टर संयोजकमा प्रमिक्षा केसी, सहसंयोजकमा नयन कोइराला र हस्तिना भट्टराई रहेका छन् भने महासचिवमा आयाम अधिकारी, सहसचिवमा रतन सुवेदी, कोषाध्यक्षमा बिमलकुमार यादव, सहकोषाध्यक्षमा रुना श्रेष्ठ, प्रवक्तामा सरोज साह र महिला प्रतिनिधिमा रितिका भेटवाल चयन गरिएका छन् ।

सिलेट च्याप्टरको संयोजकमा आशिस राई, सहसंयोजकमा प्रज्वल गौचन र आदित्या यादव, महासचिवमा सविन महर्जन, सहसचिवमा अमिसा बस्नेत, कोषाध्यक्षमा उस्मा मैनाली, प्रवक्तामा विज्ञान क्षेत्री, महिला प्रतिनिधिमा सोनाली सिंह गौतम र शिशिर सिंखडा रहेका छन् ।

रंगपुर च्याप्टर संयोजकमा दिगाम्बरप्रसाद यादव, सहसंयोजकमा सुरज शर्मा, महासचिवमा केशव रोका क्षेत्री (प्रोसिद रोका), सहसंयोजकमा रोसन खनाल, कोषाध्यक्षमा अभिषेक यादव, प्रवक्तामा रिकेश गोहित र महिला प्रतिनिधिमा वर्षा खनाल चयन गरिएका छन् ।
त्यसैगरी दिनाजपुर च्याप्टरको संयोजकमा जोयप्रसाद ठाकुर, सहसंयोजकमा हरिशसिंह ठाकुर, महासचिवमा जितु साह, सहसचिवमा स्वस्तिका खतिवडा, कोषाध्यक्षमा कुन्दन यादव, सहकोषाध्यक्षमा सुलभ पौडेल, प्रवक्तामा विशान्त मैनाली र महिला प्रतिनिधिमा रजीना क्षेत्री तथा सुप्रिया खतिवडा रहेका छन् ।

चिताङ च्याप्टर संयोजकमा जोन श्रेष्ठ, सहसंयोकजमा सुमित यादव, गोपाल श्रेष्ठ, महासचिवमा उनिश रैन, सहसचिवमा अब्दुल अजिज मुसलमान, कोषाध्यक्षमा धनु गुरुङ, प्रवक्तामा शान्ति आचार्य र महिला प्रतिनिधिमा बेदना राई रहेका छन् ।

त्यसैगरी सल्लाहकार समितिमा डा अमरदीप चौधरी, डा अमरेश कर्ण, डा. रवि महतो, डा. राजेश साह, डा. सजोद साफी, डा शिरिष सिंह सिल्वाल, डा नरेन्द्र सालिका, डा. जीवन तामाङ, डा. दीपक खड्का, डा शुभ श्रेष्ठ, डा नारायण दुलाल, डा गोविन्द चौधरी, डा शिला खनाल, डा, रोशन साह, डा राजेश कपुर, डा दीपक यादव, इन्जिनियर रोशन साह लगायत रहेको छन् ।

उच्च शिक्षाका लागि नेपाली एकता भन्ने मूल नाराका साथ वोन्सो बंगलादेश २००७ सालमा गठन भएको हो । गैरराजनीतिक र गैर नाफामुलक संस्थाका रुपमा यसले विभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरुलाई संगठित गर्ने र कानुनी शैक्षिक, साँस्कृति र सामाजिक कार्यमा सूचना प्रदान गर्दै आएको छ । हाल वंगलादेशका विभिन्न विश्वविद्यालयमा करिब ४ हजार नेपालीहरु अध्ययनरत छन् ।

वोन्सो बंगलादेशले विगतमा भिषा समस्या भएका नेपालीवविद्यार्थीहरुका समस्या समाधान गरेको छ । साथै विद्यार्थीसँग सम्बन्धित समस्याहरुको समाधानको पहल पनि गरेको छ ।

वि.सं.२०७५ वैशाख ९ आइतवार २२:१९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...