back
CTIZAN AD

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

वि.सं.२०७५ वैशाख १३ बिहीवार

669 

shares

१३ वैशाख, नेपालगञ्ज । बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण गरेका छन् ।

सोही विद्यालयमा अध्ययनरत अन्य नौजनालाई महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारी, निमित्त शिक्षा एकाइ प्रमुख गोर्खबहादुर थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ लगायतका कार्यालय प्रमुखहरुले एक÷एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक शोभाकुमारी रेग्मीका अनुसार, उनिहरुले बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेका छन् ।
अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर आफुहरुले समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको प्रजिअ केसीको भनाइ थियो ।
अभिभावकत्व ग्रहण गरेको कार्यालय प्रमुखहरुले आफ्ना–आफ्ना छरछिमेकका बालबालिकालाई विद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने काममा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार ११:५९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...