back
CTIZAN AD

पूर्वेली साप्ताहिकद्वारा शैक्षिक सामग्री वितरण

वि.सं.२०७५ वैशाख १३ बिहीवार

567 

shares

purbeli-dainikअनिल वाग्ले
१३ बैशाख, झापा । झापाको बुद्धशान्तिबाट प्रकाशित पूर्वेली साप्ताहिकले नयाँ शैक्षिक सत्रको अवसर पारेर बुद्धशान्ति गाउँपालिका भित्रका १९ जना आफ्ना सहकर्मी विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरेको छ ।

उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिको सभाहलमा पूर्वेली साप्ताहिकका अध्यक्ष चन्द्र कोइरालाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

पूर्वेली साप्ताहिकका सल्लाहकार खडानन्द वाग्लेले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि भुजेल, विशेष अतिथि उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईं, कर्णाली एजुकेशन फाउण्डेशनका प्रवन्धक छत्र कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै पूर्वेली साप्ताहिकले समाजका हरेक गतिविधिमा देखाएको सकृयताको प्रमुख अतिथि भुजेलले प्रशंसा गरेका थिए । पत्रिकाले विकास, संवृद्धिका कुराहरुमा खेलेको भूमिका प्रति वक्ताहरुले प्रशंसा गरेका थिए ।

प्रमुख अतिथि भुजेलले गाउँपालिकाले गर्ने हरेक गतिविधिमा शुक्ष्म निगरानी राख्दै समाचार प्रकाशन गर्नुपर्ने धारणा राख्दै शैक्षिक सामग्री वितरणको कार्य शिक्षाको क्षेत्रमा राम्रो कार्य भएको बताए । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सल्लाहकार वाग्लेले पत्रिकारिता क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने भएकाले पूर्वेली सदैव स्वतन्त्र र निष्पक्षताको पाटोमा अडिक हुने बताएका छन् । त्यस्तै अध्यक्ष कोइरालाले सबैको साझा पत्रिका भएकाले सबैको अपनत्व हुनेगरी आफूहरु अघि बढिरहेको बताएका थिए । पत्रिकाको माग अत्यधिक भएपनि आर्थिक पक्षले भनेजति पत्रिका पाठक समक्ष पु¥याउन नसकेको बताउँदै अध्यक्ष कोइरालाले सबैको घरघरमा पत्रिका पु¥याउने कुरामा आफूहरु लाग्ने बताएका छन् ।

विद्यार्थीहरुलाई शिक्षा लिने कुरामा थप उत्साहित बनाउन शैक्षिक सामग्री प्रदान गरिएको पत्रिकाका सम्पादक अनिल वाग्लेले जनाएका छन् । सम्पादक वाग्लेले सञ्चालन गरेको कार्यक्रममा प्रहरी सेवा केन्द्र बुद्धशान्तिका महासचिव धरणी पोखरेल, ज्योति अंग्रेजी माविका प्रिन्सिपल संञ्जीव प्रधान, वरपीपल सहकारीका अध्यक्ष हरि पौड्याल, वर्ने माविका शिक्षक केसी श्रेष्ठ, वैंक अफ काठमाडौं बुधबारे प्रमुख रुद्र गौतम, पत्रकार दीपेन लावती, आयुष निरौला, लिभिङ होप पोलिक्लिनिकका निमा तामाङ, कर्णाली एजुकेशनका प्राचार्य गंगाराम गड्तौला, पत्रिकाका प्रवन्धक प्रकाश भण्डारी, कार्यसमितिका मुकेश भट्टराई, सन्तोष वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार ११:५७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...