back
CTIZAN AD

दुर्घटनामा एकको मृत्यु

वि.सं.२०७५ वैशाख १३ बिहीवार

654 

shares

 
१३ वैशाख, रुकुम । रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा ४ प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारीदिएका छन् ।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार ११:४८ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...