back
CTIZAN AD

झापामा औलो रोगी घटे

वि.सं.२०७५ वैशाख १३ बिहीवार

603 

shares

१३ वैशाख, काँकडभिट्टा । झापामा औलोको सङ्व्रmमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराएका ।

तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी रहेका थिए । तर, सो सङ्ख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाख सम्ममा सो सङ्ख्या अझ घटेर ४ जनामात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाँइको भनाई छ ।

विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उनको भनाई थियो ।

उनले जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिरामी पाइएकोबताएका छन् । रोगको निदान गर्नका लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको समेत उनले जानकारि दिएका छन् ।

जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा सातसय किटनाशक झुल वितरण गरिसकेको बताएका छन् ।

उनले औलोको सङ्क्रमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको बताएका छन् । उनले खुल्ला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीका कारण पनि सङ्व्रmमण फैलिएको बताउँदै औलो उन्मूलन गर्न अझै केही समय लाग्ने बताएका छन् ।

झापाका प्रभावित स्थानीय तहका वडामा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने योजना रहेको जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर वेदप्रकाश घिमिरेले बताए ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार ११:३७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...